लियोन र बेसिकाट्सबीचको नतिजा ८–८ वटा पेनाल्टी सुटआउटबाट

Published on: Fri, Apr 21st, 2017 By Sushil Dahal

८ बैशाख, काठमाडौं । फ्रेन्च क्लब लियोन सडेनडेथको पेनाल्टी सुटआउटमा ७–६ गोलले टर्कीस क्लब बेसिकाट्सलाई पराजित गर्दै नाटकीय रुपमा युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको छ। निर्धारित ९० मिनेटको खेलमा टर्कीस क्लबले २–१ को अग्रता बनाएको अवस्थामा समग्रमा खेल ३–३ गोलको बराबरीमा टुँगिएको थियो। यसपछि थप गरिएको समयमा पनि कुनै टोलीबाट गोल हुन सकेन्। यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा पनि दुवै टोलीले सुरुको ५–५ पेनाल्टीलाई गोलमा परिणत गरे। यसपछि पेनाल्टी पनि सडेनडेथमा पुगेको थियो। छैटौ पेनाल्टीमा पनि दुवै तर्फबाट गोल भयो। सातौं पेनाल्टीमा दुवैतर्फबाट गोल भएन्।

आठौं पेनाल्टीमा भने घरेलु बेसिकाट्सका गोनुल मिट्रोभिकको प्रहारलाई लियोनका गोलरक्षक एन्थोनी लोपेसले बचाएका थिए। लियोनका टोउसार्ट गोनालोन्सको आठौं पेनाल्टी भने गोलमा परिणत भएको थियो। नाटकीय लाग्ने यो नतिजासँगै ७ वर्षपछि लियोन युरोपा लिगको सेमिफाइनल प्रवेश गर्यो। पछिल्लो समय २०१० मा लियोन अन्तिम ४ मा प्रवेश गरेको थियो। गत साता लियोनमा भएको युरोपा लिगको पहिलो लेगको खेलमा बेसिकाट्स २–१ गोलले पछाडि थियो। गएराती टर्कीमा भएको खेलमा बेसिकाट्सले पोर्चुगिज मिडफिल्डर टालिस्काको २७ र ५८ मिनेटमा गरेको दुई गोलको सहयोगले अग्रता बनाउन सफल भएको थियो। लियोनका लागि ३४ मिनेटमा स्ट्राइकर एलेक्जान्ड्रे लाकाजेटीले गोल गरेका थिए।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us