क्यालिफोर्नियामा बुद्ध जयन्तिको अवसरमा पूजा कार्यक्रम सम्पन्न

Published on: Sun, May 14th, 2017 By Diwas Pokhrel
३१ वैशाख, क्यालिफोर्निया, अमेरिका । बुद्ध जयन्तिको पावन अवसर पारी क्यालिफोर्निया शेर्पा एसोसिएसन, गुरुङ समाज र  तामाङ समाजको संयुक्त आयोजनामा पूजा कार्यक्रम सम्मपन्न गरिएको छ ।
‘क्यालिफिोर्नियामा हरेक वर्ष बुद्ध जयन्ति कार्यक्रमको आयोजना गर्दैं आइरहेका छौं, यस पावन अवसरमा यस क्षेत्रमा रहनु भएका नेपाली समुदायको उपस्थिति रहन्छ ।’ क्यालिफोर्निया शेर्पा एसोसिएसनका केन्द्रीय सदस्य पासाङ ग्याल्जे शेर्पाले बताए ।
IMG_7479
कार्यक्रममा धार्मिक परम्परा अनुसार बुद्ध भगवानको पूजा गरिएको थियो । यस किसिमको परम्परालाई निरन्तरता दिंदा विदेशमा रहेका नेपालीहरुले आ–आफ्नो धर्म र संस्कृतिलाई संरक्षण गर्न सहयोग मिल्ने विश्वास क्यालिफोर्निया शेर्पा एसोसिएसनका पूर्व कोषाध्यक्ष एवं सल्लाहकार कामी शेर्पाको रहेको छ ।
IMG_7484

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us