भरतपुर घटनाबारे आयोगको निर्णय माअोवादीले मान्छः दाहाल

Published on: Wed, May 31st, 2017 By Sushil Dahal

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरको मतगणनाका विषयमा निर्वाचन आयोगले गर्ने निर्णयमा सरकारले कुनै हस्तक्षेप नगर्ने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले आयोगले यो विषयमा स्वतन्त्रता पूर्वक छानबिन गरिरहेको र आयोगकै निर्णयलाई पार्टीले मान्ने बताएको बैठकमा सहभागी सांसद रामनारायण बिडारीले सेतोपाटीलाई जानकारी दिए।

भरतपुरमा मत पत्र च्यातेको आरोपमा प्रहरीले माओवादी केन्द्रका दुई जना कार्यकर्तालाई पक्राऊ गरेको छ। मतगणना रोकिएको भरतपुरमा गएर आयोगको छानविन समिति काठमाडौंै फर्किएर आजै प्रतिवेदन बुझाउँदै छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us