मनोनयन दर्ताको मिति २ दिन पछि सर्‍यो

Published on: Thu, Jun 15th, 2017 By Sushil Dahal

१ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ । असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो । यसअघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो । अब असार ४ गते आइतबार  मनोनयन दर्ता हुनेछ ।

आज बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठकले प्रदेश नम्बर २ बाहेकका प्रदेशमा असार १४ मै चुनाव गर्ने निर्णय गरेको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us