‘क्यामरामा जस्तो देखिन्छन् मेसी, बाहिर त्यस्तो छैनन्’

Published on: Fri, Jun 30th, 2017 By Sushil Dahal

१६ असार, काठमाडाैं । विश्व चर्चित फुटबल खेलाडी अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको विवाह आज अर्जेन्टिनाको राजधानी ब्युनोज आयर्सदेखि ३ सय किलोमिटर उत्तरपश्चिम पर्ने रोसारियास्थित एक सान्दार पाँच तारे होटलमा हुँदैछ। उनको विवाहमा विश्वभरका २ सय ५० विशेष अतिथि आजसम्म रोसारियो पुग्दैछन्। वैवाहिक कार्यक्रममा १ सय ५० को हाराहारीमा पत्रकारहरुलाई समाचार संकलन गर्ने अनुमति दिइएको छ। विवाहका लागि मेसी दुई सातादेखि आफू जन्मिएको ठाउँ रोसारियोमा छन्। बच्चैदेखिको साथी तथा आफ्नो दुई बच्चाकी आमा २९ वर्षीय आन्टोनेला रोक्किजोसँग मेसीको विवाह हुँदैछ। मेसी रोसारियोको गरिब परिवारमा जन्मिएका हुन्। उनको २ भाई तथा एक दिदी छिन्। रोक्किजो मेसीको मिल्ने साथीको नातेदार हुन्। उनीहरु पाँच वर्षको उमेरदेखि नै एक अर्कासँग परिचित छन्।

१३ वर्षको उमेरमा लम्बाई नबढ्ने रोगका कारण मेसी उपचार र फुटबल सिक्न स्पेन लागेका थिए। जसका कारण बीचको केही वर्ष उनीहरुको भेट भएको थिएन्। तर, सन् २००० पछि मेसी आफ्नो परिवार भेट्न अर्जेन्टिनास्थित आफ्नो घर फर्किदा उनीहरुको पुनः भेट भएको थियो। यतिबेला रोक्किजोको मिल्ने साथीको सडक दूर्घटनामा निधन भएको थियो। त्यसको केही वर्षपछि नै रोक्किजो बार्सिलोना पुगेकी थिइन्। यो जोडी २००८ देखि स्पेनको बार्सिलोनामा सँगै बस्दै आइरहेका थिए। दुवैबाट ४ वर्षको छोरा थियागो र डेढ वर्षको माटियो छन्। उनीहरु आफ्नो बाबु–आमाको विवाहमा विशेष आकर्षण हुनेछन्।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us