पोर्चुगललाई हराउँदै चिली फाइनलमा

Published on: Fri, Jun 30th, 2017 By Sushil Dahal

१६ असार, काठमाडाैं । गोलकिपर क्लाउडिओ ब्राभोले उत्कृष्ट प्रदर्शनसँगै चिलीले पोर्चुगललाई हराएको छ र कन्फेडेरेसन कप फुटबलको फाइनलमा पुगेको छ । टाइब्रेकरमा चिलीका गोलरक्षक ब्रभोले पोर्चुथलको तीन पेनाल्टी रोकेका थिए । सायद यसले चिलीलाई न्याय पनि गरेको छ । किनकि अतिरिक्त समयको अन्तिममा चिलीले पेनाल्टी दाबी गरेको थियो तर, रेफ्रीले दिएनन् ।

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा ब्राभो हिरो बने र चिली ३–० ले विजयी बन्यो । अब उसले उपाधिका लागि जर्मनी र मेक्सिकोको सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us