अब नेपालको भिसा आवेदन मोबाइल एपबाटै

Published on: Mon, Jul 3rd, 2017 By Sushil Dahal

१९ असार, काठमाडौं । अध्यागमन विभागले सोमबारबाट भिसाका लागि मोबाइलबाटै आवेदन दिने गरी मोबाइल एप सार्वजनिक भएको छ । सोमबार ‘नेपाल इमिग्रेशन’ नामको एप सार्वजनिक गरिएको हो । एपमा अध्यागमनसँग सम्वन्धित सबै जानकारी राखिएको विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाइनमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतिका लागि दरखास्त दिन सक्नेछन् ।

त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागि २९ ओटा विदेशस्थित नेपाली नियोगको ठेगाना एपमा राखिएको छ । विभागले अनलाइनकै माध्यमबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने ब्यवस्था मिलाएको छ । गृहमन्त्री जनर्दन शर्माले ‘नेपाल इमिग्रेशन’ एप एउटा साधन भएको उल्लेख गर्दै त्यसलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताए ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us