थप १० सहरलाई ‘स्मार्ट सिटी’ बनाइने, मधेसमा पाँच सहर थप्ने लक्ष्य

Published on: Sun, Jul 9th, 2017 By Sushil Dahal

२५ असार, काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले ‘जनता आवास कार्यक्रम’मा पक्षपात भएको पाइए कडा कार्वाही गर्ने  चेतावनी दिएका छन् । अहिलेसम्म पक्षपात र अनियमितता नभएको दाबी उनले गरेका छन् । आइतबार व्यवस्थापिका संसदमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै मन्त्री साहले जनता आवास कार्यक्रम गरिव, विपन्न र पिछडिएका समुदायलाई लक्षित गरी सञ्चालन गरिएकाले सोही अनुसार नै काम भइरहेको दाबी गरे ।

तर, विनियोजन विधेयकमाथिको छलफलमा सहभागी सांसदहरुले ‘जनता आवास कार्यक्रम’ लक्षित वर्गसम्म नपुगेको र राजनीतिक दलका कार्यकर्ताहरुलाई पोस्ने उद्देश्यले ल्याइएको भन्दै आलोचना गरेका थिए । सोही आरोपको खण्डन गर्दै मन्त्री साहले ‘जनता आवास कार्यक्रम’ लक्षित वर्गमा पुर्‍याउनकै लागि सबै जिल्लामा सांसदहरुको नेतृत्वमा समिति नै गठन गरिएको बताए । भवन निर्माण आचारसंहिता अनुसार भवन निर्माणको काम गर्न पनि सबै स्थानीय तहलाई निर्देशन दिइसकिएको जानकारी पनि उनले दिए ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us