शर्माविरुद्ध रु दश अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

Published on: Sun, Jul 16th, 2017 By Diwas Pokhrel

१ साउन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध रु दश अर्ब दुई करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

कर निर्धारण गर्दा अनियमितता गरेको आरोपमा आयोगले महानिर्देशक शर्मासहित कर फछ्र्याेट आयोगका सदस्य लुम्बध्वज महत र उमेश ढकालविरुद्ध रु १० अर्ब दुई करोड १९ लाख एक हजार ८४२ बिगोसहितको मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।

आयोगले गत असार २९ गते तीन जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । आयोगको इतिहासमै यो सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी विषय हो । शर्मा अहिले पनि आयोगको हिरासतमा हुनुहुन्छ । रासस

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us