खुल्यो ग्वान्जाओमा नेपाली महावाणिज्य दूतावास, परराष्ट्रमन्त्रीले गरे उद्घाटन

Published on: Sun, Sep 10th, 2017 By Diwas Pokhrel

२५ भदौ, काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरेका छन्।

परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिए।

नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीन बीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गरे।

यो प्रान्तसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै उपप्रधानमन्त्री महराले कार्यालय स्थापनापछि आर्थिक एवं व्यापारिक गतिविधि थप विस्तार हुने बताए।

उनले आगामी दिनमा दुई देशका जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने उल्लेख गरे।

यहाँ झण्डै २०० नेपाली व्यापारी विभिन्न व्यवसायमा संलग्न छन्। उनीहरुकाअनुसार महावाणिज्य दूतावास खुलेसँगै व्यापारीलाई आइ पर्ने समस्या समाधान हुनेछन्। रासस

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us