दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

Published on: Sun, Oct 8th, 2017 By Diwas Pokhrel

२२ असोज, अमेरिका । हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले सनिबार एक संस्कृतिक कार्यक्रम आयोजना गरी बिभिन्न कलाकारहरु संगै शुभकामना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा नर्थग्लीनमा सम्पन्न कार्यक्रममा हेमन्त शर्मा, रिमा गुरुङ, कृष्णमुरारी ढुङ्गेल, उमेशसिंह खड्का, सुधिर राई जस्ता गायक तथा स्थानीय बाल कलाकारहरुका माझ बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै माहान चाड मनाएका हुन् ।

स्थानीय मेयर जोयस डाउन्नीङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यावसायी, बुद्धीजीबी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

मातृभुमी नेपाल र कर्मभुमी अमेरीकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमा अध्यक्ष बिनोद त्रीपाठीले सहभागी सबैलाई स्वागतका थिए । उनले हिन्दु नेपालीहरुको महानचाडको उपलक्षमा सबैलाई शुभकामना दिदैं अमेरीकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपाल र नेपालीको संस्कृति पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

कार्यक्रममा धेरै नेपालीहरुलाई ड्राइभिङ सिकाउने गुरु जेरीलाई नेपाली समुदायलाई सहयोग पु¥याएको भन्दै अध्यक्ष बिनोद त्रीपाठीले खादा पहि¥याई सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए । त्यसै गरि गायक हेमन्त शर्मालाई पनि कोलोराडो बासीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us