स्थायी सरकार निर्माणका लागि निर्वाचन: उद्योगमन्त्री थापा

Published on: Thu, Oct 19th, 2017 By Diwas Pokhrel

२ कात्तिक, काठमाडौँ । उद्योगमन्त्री सुनिलबहादुर थापाले स्थायी सरकार निर्माणका लागि निर्वाचन अत्यावश्यक भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा उहाँले लोकतान्त्रिक एकता र वाम एकताले गर्दा स्थायी सरकार बन्ने सम्भावना बढेको बताउनुभयो । “लोकतान्त्रिक वा वाम एकले बहुमत ल्याएर सरकार बनाउने भएकाले सरकार स्थायी हुन्छ,” मन्त्री थापाले भन्नुभयो ।

“धेरै समयअघि देखि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले लोकतान्त्रिक शक्तिबीच एकता हुनुपर्छ भन्नुभएको थियो त्यो आज पूरा भएको छ,” उहाँले भन्नुभयो ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us