एक साताअघि राष्ट्रपति कार्यालय पुगेको चिकित्सा शिक्षा अध्यादेश अझै प्रमाणिकरण भएन

Published on: Wed, Nov 1st, 2017 By Sushil Dahal

१५ कात्तिक, काठमाडौं । त्रिभुवन शिक्षण अस्पतालका प्राध्याक डा. गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै सरकारले चिकित्सा शिक्षा अध्यादेश पारित गरे पनि अझै राष्ट्रपतिबाट प्रमाणिकरण भएको छैन। सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको ९ दिन भइसकेको छ। साता भन्दा बढी समय सम्म पनि राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण नभएपछि डाक्टर गोविन्द केसीलगायत वार्ता टोलीका केही सदस्यहरू त्यसबारे बुझ्न मंगलबार शिक्षा मन्त्रालय पुगेका थिए।

मन्त्रालय पुगेको टोलीलाई राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएको जानकारी आएको वार्ता टोलीका सदस्य डा. अभिषेकराज सिंहले  बताए। मंगलबार दिउँसो शिक्षा मन्त्रालयको पुगेको टोलीलाई मन्त्रालयले सरकारका तर्फबाट आवश्यक गृहकार्य सकेर एक साताअघि नै अध्यादेश राष्ट्रपतिलाई पठाएको जानकारी दिएका थिए।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us