नाफामा सबैभन्दा अग्रस्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक

Published on: Sun, Nov 5th, 2017 By Diwas Pokhrel

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले यही कात्र्तिक मसान्तसम्ममा चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक बित्तीय बिवण अर्थात असोज मसान्तसम्मको आफ्नो बित्तीय प्रतिवेदन सार्वजनिक गर्नुुपर्छ ।

सोही आधारमा पछिल्लो अवधिमा सञ्चालनमा रहेका २८ मध्ये १७ वटाले आफ्नो बित्तीय प्रतिवेदन सार्वजनिक गरेकाछन ।

बित्तीय प्रतिवेदन सार्वजनिक गर्नेहरु मध्येमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा बढी खुुद मुनाफा आर्जन गरेको छ । बैंकिङ क्षेत्रमा यसअघि निजी क्षेत्रद्धारा सञ्चालित बैकहरु मध्येमा नविल बैकले सबैभन्दा बढी खुुद मुनाफा आर्जन गरेको थियो ।

तर यसपटक भने चुक्ता पुंजी, निक्षेप, कर्जा र खुुद मुनाफा सबैमा नेपाल इन्भेष्टमेन्टले नबिललाई उछिनेको छ । नेपाल इन्भेष्टमेन्टले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ९१ करोड १३ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ७४ करोड आठ लाख रुपैयाँ रहेको थियो । चुक्ता पुंजी १० अर्ब ६२ करोड ६४ लाख ३६ हजार रुपैयाँ रहेको बैकले चालुु आवको पहिलो त्रैमासिक अवधिमा एक खर्ब ३१ अर्ब पाँच करोड २८ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब सात अर्ब ९६ करोड ६१ लाख ३६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

तर नविलले भने चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ८४ करोड २० लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा ७९ करोड ८३ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुंजी आठ अर्ब चार करोड ३२ लाख २१ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्पको पहिलो त्रैमासिक अवधिमा एक खर्ब २२ अर्ब ७९ करोड ७० लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ९८ करोड ४४ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बाँणिज्य बैंकले भने चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ७० करोड ८७ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ५० करोड आठ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुंजी आठ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपैयाँ रहेको बैकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक खर्ब ४८ अर्ब २३ करोड दुुई लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब छ अर्ब ४६ करोड २५ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसबाहेक एभरेष्ट, एनएमबी, नेपाल एसबिआई, सानिमा, प्राईमले पनि नाफा बढाएको छ । यसबिचमा जनता बैकको नाफा भने गत आवको पहिलो त्रैमासिक अवधिको तुलनामा बढेको देखिएपनि नाफा कमजोर देखिएको छ ।

बैकले चालुु आवको असोजसम्म जम्मा छ करोड ४८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अपरिष्कृत बित्तीय बिवरण अनुसार हिमालयन बैंक, ग्लोवल आईएमई बैक, सिटिजन्स इन्टरनेशनल बैक, सिद्धार्थ बैंक, बैंक अफ काठमाडौं, सनराईज र मेगा बैंकको नाफा भने घटेको छ ।

खुुद नाफा बढेका बैंकहरु (रकम रु हजारमा)

क्रस      बैंकको नाम              २०७४ असोज        २०७३ असोज
१        नेपाल इन्भेष्टमेन्ट बैंक    ९११३९६              ७४००८०
२ नबिल बैंक                        ८४२०५१               ७९८३६५
३ राष्ट्रिय बाँणिज्य बैंक           ७०८७३६               ५०८०३२
४ एभरेष्ट बैंक                       ५३१४७४               ५१३४२१
५ एनएमबी बैंक                    ४५१३५३                 ३५३६८५
६ नेपाल एसबिआई बैंक          ४३९१३४                ३५४१७८
७ सानिमा बैंक                      ३४४३९१                 २७१६२२
८ एनआईसी एशिया बैंक         २७७९२३                 २६१०४६
९ प्राईम कर्मसियल बैंक            ३४१७५०               २५१०५८
१० जनता बैंक                       ६४८१७                  ६३९७६
खुुद नाफा घटेका बैंकहरु (रकम रु हजारमा)

क्रस   बैकको नाम        २०७४ असोज           २०७३ असोज
१ हिमालयन बैंक          ४१०११२                 ४३८४६१
२ ग्लोवल आईएमई बैंक ३५००३६                 ४२०९३६
३ सिटिजन्स ईन्टरनेशनल बैंक ३१९८४७          ३४५१५७
४ सिद्धार्थ बैंक             २२७३३९                 ३५९६७६
५ बैंक अफ काठमाडौ      २२४०४६               २७०९४६
६ सनराईज बैंक           २०७९७७                २५३११६
७ मेगा बैंक                ८११९२                      १४६९४७
(श्रोत सम्वन्धीत बैंकको असोज मसान्तसम्मको बित्तीय बिवरण)

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us