गर्भनर डा.नेपालद्वारा कोरियास्थित जीएमई शाखाको अवलोकन

Published on: Tue, Nov 7th, 2017 By Diwas Pokhrel

 २१ कात्तिक, काठमाडौं । । नेपाल राष्ट्र बैंककागर्भनर डा. चिरन्जीवी नेपालले कोरियाकै पहिलो मनी ट्रान्सफरकम्पनी जीएमईको डोङ्गडमुनस्थित शाखाको अवलोकनभ्रमणगर्दै सफलताकोशुभकामनाब्यक्तगर्नुभयो । जीएमईका प्रमुखकार्यकारी अधिकृत जोन सुंगले उक्तअवसरमागर्भनर डा. नेपाललाई स्वागतगर्नुभएको थियो ।

भ्रमणको क्रममागर्भनर नेपालले नेपाल पैसा पठाउने प्रक्रियाको बारेमा समेत जानकारी लिनुभएको थियो । अवलोकनकाक्रममाशाखामाउपस्थित सेवाग्राहीहरूसंग अन्तरक्रियागर्दै गर्भनर डा. नेपालले वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेका नेपालीहरुको रेमिटेन्स औपचारिक माध्यमबाट नेपाल पठाउन जीएमईले गरेको प्रयासको उच्चप्रशंसा गर्दै कोरियामा रहेका हरेक नेपालीहरुलाई औपचारिक माध्यमबाट नै रेमिटेन्स पठाउनअनुरोध गर्नुभयो ।

यसै सन्दर्भमा कोरियास्थित नेपालीदुतावासमाआयोजित एक अन्तरक्रियाकार्यक्रमलाई सम्बोधनगर्दै गर्भनर डा. नेपालले कोरियाबाट अबैधानिकच्यानलमार्फत नेपालजाने पैसा रोक्नु नेपाल राष्ट्र बैंकको मुख्यप्राथमिकतारहेको जानकारी गराउनुभयो । नेपाल सरकारले इपीएसमार्फत कोरिया सरकारसँग सम्झौता गरी वैदेशिक रोजगारीको राम्रो अवसर प्रदान गरेको भन्दै त्यसको कदरका लागिबैधानिक माध्यमबाट रेमिटेन्स पठाएर सहयोग गर्न आग्रहगर्नुभयो ।

वैदेशिक रोजगारीको शिलशिलामा कोरियालगायतअन्यमुलुकमारहेका नेपालीहरुले औपचारिक माध्यमबाट पैसा नपठाए अर्को पटक विदेश जानको लागि रोक लगाउन सक्नेसम्मको जानकारी गराउनुभयो । अन्तरक्रियाकार्यक्रममाबोल्दै कोरियाकालागि नेपालकामहामहिम राजदुतअर्जुन जंगबहादुर सिंहज्यूले कोरियाबाट हुने हुण्डी कारोबारलाई निरुत्साहितगर्न दुतावास र नेपाल राष्ट्र बैंकले कडाकदमचाल्नत्यही अनुरुपको नियमल्याउँदै गरेको जानकारी दिनुभयो ।

कार्यक्रमलाई नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्षएवम् ग्लोबल आइएमई बैंककाअध्यक्षचन्द्रप्रसाद ढकालले सम्बोधनगर्नुभएको थियो ।कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्षढकाललेसन् २०१३ देखि ग्लोबल आइएमई बैंक र कोरियास्थितवाणिज्य बैंकहरुको सहकार्यमा रेमिटेन्स सेवादिँदै आएको जानकारी गराउनुभयो ।

शनिबार र आइतवार बैंकका सेवाबन्दहुने र अन्यप्रक्रियागत कारणले सोचे जस्तो रेमिटेन्स भित्रिननसकेको भन्दै अवदेखि जीएमईका सबै शाखाहरूबाट हप्ताका सातै दिन छिटो छरितो रेमिटेन्स सेवादिन सक्ने हुँदाजीएमईले कोरियाबाट नेपाल रेमिटेन्स भित्रयाउनउल्लेख्य योगदान पु¥याउने विश्वासब्यक्तगर्नुभयो ।एकपटककोरिया बसेको व्यक्तिपुनःकोरिया फर्किन चाहेमा वैधानिक माध्यमबाट मात्र रेमिटेन्स पठाएको हो भन्ने प्रमाण स्वरूपजीएमईकोस्टेटमेन्ट प्रिन्ट दिने व्यवस्थामिलाइएको जानकारी अन्तरक्रिया कार्यक्रममा गराईएको थियो ,विज्ञप्तीमा उल्लेख छ ।

जीएमईको सेवाजीएमईका सबै शाखा सहित अनलाइनबाट समेत लिन सक्ने व्यवस्था मिलाईएको छ । यसरी पठाएको रकम नेपालस्थित ग्लोबल आइएमई बैंकका सबै शाखाहरु लगायत सातहजारभन्दा बढी एजेन्ट आउटलेटबाट छिटो, छरितो र सुरक्षित ढंगले भुक्तानलिन सकिनुका साथै जुनसुकै बैंकको खातामापनि जम्मागर्न सकिन्छ ।

जीएमईलाई गत अगष्ट २३ मा कोरियन सरकारले पहिलोपटक रेमिटेन्स सेवाप्रदानगर्ने इजाजतप्रदानगरेको थियो । सोहि इजाजतअनुरुपजीएमईले आफ्नो सेवा सुरु गरिसकेको छ । जीएमईको स्थापनापछि कोरियाबाट औपचारिक माध्यममार्फत रेमिटेन्स भित्र्याउन सहज हुने विश्वासगरिएको, विज्ञप्तीमा भनिएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us