उत्तर कोरियाली समस्या समाधानमा गर्न आह्वान

Published on: Thu, Nov 9th, 2017 By Diwas Pokhrel

२३ कात्तिक, काठमाडौं ।  पूर्वी एसियाका देशहरुको भ्रमणका क्रममा हाल बेइजिङमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले व्यापार तथा उत्तर कोरियाजस्ता विषयमा चीनको धेरै आलोचना गरेनन्।
तर उनले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई समय घर्किंदै गएको भन्दै उत्तर कोरियाली समस्या समाधानमा थप कार्य गर्न आह्वान गरे।

विगतमा उनले उत्तर कोरिया तथा व्यापार जस्ता तनावपूर्ण विषयहरुबारे चीनको आलोचना गर्ने गरेको विपरित यसपटक ट्रम्पले चिनियाँ नेता सि जिनपिङको निकै प्रशंसा गरे।
तर उनले राष्ट्रपति सि लाई उत्तर कोरियालाई परमाणु निरस्त्रीकरणमा मनाउन थप मिहेनत गर्न पनि अनुरोध गरेका छन्।
व्यापारमा चीनले गरेको नाफाबारे धेरैलाई अचम्म पार्दै ट्रम्पले त्यसमा चीन दोषी नभएको भने।
आफ्ना नागरिकको हितका निम्ति कुनै देशले अर्को देशसंग फाइदा लिनुलाई खराब भन्न नमिल्ने उनले बताए।
बरु विगतका अमेरिकी प्रशासनहरु नै चीनसंगको एक पक्षीय र पक्षपातपूर्ण व्यापार सम्बन्धका निम्ति जिम्मेवार रहेको उनले बताए।
ट्रम्प हाल चीनको राजकीय भ्रमणमा छन्।
एसियाका पाँच देशको भ्रमणको क्रममा उनी जापान र दक्षिण कोरियापछि चीन पुगेका हुन्। बिबिसी, फोटो: Reuters

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us