एनआरएनए अमेरिकाको मिडिया संयोजकमा जोशी

Published on: Thu, Nov 9th, 2017 By Diwas Pokhrel

२३ कात्तिक, काठमाडौं । एनआरएनए अमेरिकाको मिडिया संयोजकमा नेपाल अमेरिका पत्रकार संघ, नेजाका कार्य समिति सदस्य बाल जोशी नियुक्त हुनु भएकोमा नेपाल अमेरिका पत्रकार संघ, (नेजा) का महासचिव  तोया दाहालले संघका तर्फबाट शुभ-कामना तथा हार्दिक बधाई ज्ञापन गर्नु भएको छ ।
‘उहाँले संस्थामा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै मिडिया संयोजकको जिम्मेवारी पाउनु भएकोमा सफल कार्यकालको लागि शुभकामना प्रकट गर्दछौ’ महासचिव दाहाल भन्नुभयो ।

यसै गरी संस्थाका साधारण सदस्य धर्म भट्टराई र बलराम थापा आइ सि सि सदस्य, अमृत कट्टेल एन आर एन अमेरिका कार्यसमिति सदस्य र रोशन अधिकारी एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरको सचिव पदमा निर्वाचित हुनु भएकोमा बधाई तथा सफल कार्यकालको लागि संघका तर्फबाट महासचिव दाहालले शुभकामना ब्यक्त गर्नु भएको छ ।

‘यस किसिमका गतिविधिबाट आउँदा दिनमा नेजा र एनआर एन बीचको सम्बन्ध अझ प्रगाण हुने विश्वास लिएका छौ’ महासचिव दाहालले बताउनुभयो ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us