फेसबुकका कारण बंगलादेशमा धार्मिक दंगा, एक जनाको मृत्यु

Published on: Sun, Nov 12th, 2017 By Diwas Pokhrel

 २६ कात्तिक, बंगलादेश। सामाजिक सन्जाल फेसबुकमा इश्लाम धर्मको अपमान गरिएको सन्देश राखेको विषयमा बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिएका छन् ।

ठाकुरपारा गाउँका एकजना हिन्दु युवकमाथि इश्लाम धर्मको अपमान गरिएको फेसबुक सन्देश राखेको अभियोग लागेपछि शुक्रबारबाट हिंसा सुरु भएको थियो ।

हिंसा सुरु भएलगत्तै हजारौं मुसलमानहरुले अल्पसंख्यक हिन्दुहरुको मन्दिर र घरहरुमा लुटपाट मच्चाएका थिए । मुश्लिम समुदायको भीडले मन्दिरहरुमा तोडफोड गर्नुका साथै घरहरुमा आगो लगाइदिएका छन् ।

‘बीबीसी’का अनुसार हिंसा नियन्त्रण गर्न खटिएका प्रहरीले गोली चलाउँदा भिडका एक जना मानिस मारिएका छन् ।

फेसबुकमा इश्लाम धर्मको अपमान गरिएको सन्देश राखेको आरोप लागेका ती युवकको परिवारले आरोप अस्वीकार गरेका छन् । हिन्दु समुदायका अगुवाहरुले कम्प्युटर चलाउनै नजान्ने युवकलाई धर्मको अपमान गरेको नक्कली फेसबुक सन्देशको बहानामा आफूहरुमाथि सुनियोजित रुपमा आक्रमण गरिएको बताएका छन् ।

तर, प्रहरीले उक्त फेसबुक सन्देश लेखिएको अकाउन्ट खोल्न प्रयोग गरिएको फोटो र मोबाइल नम्बर हिन्दु युवक तिटु चन्द्राको भएको बताएको छ ।

उक्त घटनापछि ठाकुरपारा गाउँका मानिसहरु अहिले पनि घर फर्किन डराइरहेका छन् । एजेन्सी

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us