ग्रिसलाई रोक्दै क्रोएसिया पाँचौ पटक विश्वकपमा

Published on: Mon, Nov 13th, 2017 By Sushil Dahal

२७ कात्तिक काठमाडौं । ग्रीसलाई पन्छाउँदै क्रोएसियाले रूस विश्वकपमा स्थान पक्का गरेको छ। विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको प्ले अफको दोस्रो लेगमा ग्रीससँग गोलरहित बराबरी खेल्दै समग्रमा ४-१ को जितसहित क्रोएसिया विश्वकपका लागि छानिएको हो। ग्रीसको घरेलु मैदानमा आइतबार राति भएको दोस्रो लेगमा दुवै टोलीले केही राम्रो गोल गर्ने मौका पाए पनि गोल गर्न सकेनन्। घरेलु मैदानमा ग्रीसले खेललाई नियन्त्रणमा लिए पनि गोल गर्न नसकेपछि विश्वकप खेल्न बञ्चित हुनुपर्‍यो। यसअघि पहिलो लेगमा क्रोएसियाले निकालेको फराकिलो जितले विश्वकप पुग्न उसलाई सहज भयो।

यसअघि बिहीबार भएको प्ले अफको पहिलो लेगमा क्रोएसियाले ग्रीसलाई ४-१ ले पराजित गरेको थियो। योसँगै क्रोएसिया पाँचौ पटक विश्वकपमा छनोट हुन् सफल भयो।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us