रोनाल्डोको प्रश्न- स्वारेजको स्थानमा अरू खेलाडी किन चाहँदैनन् मेसी

Published on: Mon, Nov 13th, 2017 By Sushil Dahal

२७ कात्तिक काठमाडौं । लुइस स्वारेजको स्थानमा बार्सिलोनाले नयाँ खेलाडी भित्र्याउन खोजे पनि लियोनल मेस्सीले त्यसलाई रोकिराखेको क्रिष्टियानो रोनाल्डोले बताएका छन् । बार्सिलोना र रियल मड्रिड दुबै टिमले आउँदो जनवरीमा नयाँ खेलाडी अनुबन्ध गर्ने प्रयास गरिरहेका छन्। यसै सन्दर्भमा स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले यस्तो बताएका हुन्।

यो सिजन राम्रो खेल्न नसकिरहेका स्वारेजको स्थानमा एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई बार्सिलोनाले भित्र्याउन चाहेको छ। तर मेसीले स्वारेजको विकल्प अरू स्विकार्न नसक्ने रोनाल्डोले बताएका छन्। स्पेनिस वेबसाइट डियारिओ गोलका अनुसार रोलान्डोको भनाई उद्धृत गर्दै मेसीले स्वारेजको भविष्यको चिन्ता गर्दै उनको स्थानमा नयाँ खेलाडी नचाहेको उल्लेख छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us