अझै बुझाएनन् अधिकांश ‘भिआइपी’ ले रातो पासपोर्ट

Published on: Tue, Nov 21st, 2017 By Diwas Pokhrel

५ मंसीर, काठमाडौं । व्यवस्थापिका संसद विघटन भएको मंगलबार ४० दिन पुग्दासमेत भूतपूर्व भइसकेका धेरै सांसदले सुविधाको रुपमा पाएको कुटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छैनन् ।

संसद विघटन हुने अवधिसम्म कुल ५ सय ९१ सांसदमध्ये आधाभन्दा बढी सांसदले अझै रातो पासपोर्ट फिर्ता नगरेको संसद सचिवालयले जनाएको छ ।

अहिलेसम्म २ सय ५ जना सांसदले मात्र कुटनीतिक राहदानी फिर्ता गरेको संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको तथ्यांक छ ।

संसदको कार्यकाल सकिएको ७ दिनभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । (नेपाल समाचारपत्र दैनिक)

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us