सुनमा एक सय र चाँदीमा ५ रुपैंयाँको गिरावट

Published on: Wed, Nov 29th, 2017 By Sushil Dahal

१३ मंसिर, काठमाडौं । सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक सय रुपैंयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोला सुनको मूल्य हिजो भन्दा सय रुपैंयाँले घटेर ५६ हजार पुगेको छ। हिजो प्रति तोला सुनको मूल्य ५६ हजार एक सय थियो।

यो ९९.९ प्रतिशत शुद्ध सुनको मूल्य हो। ९९.५ प्रतिशत शुद्ध तेजाबी सुनको मूल्य यो भन्दा तीन सय रुपैंयाँँ कम हुने गर्दछ। त्यस्तै चाँदीको मूल्यमा यसै अवधिमा ५ रुपैंयाँको गिरावट आएको छ। हिजो प्रति तोला ७ सय ६० रहेको चाँदीको भाउ आज ७ सय ५५ रुपैंयाँमा कायम छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us