पृथ्वीनारायण शाहको सम्मानमा पौष २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

Published on: Thu, Nov 30th, 2017 By Diwas Pokhrel

 १४ मंसीर, काठमाडौं । सरकारले पौस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पौष २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन गरेको निर्णयले गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।

नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहको सम्मानमा सार्वजनिक विदा दिने कि नदिने भन्ने सवालमा यस भन्दा अघि धेरै बहश भएको थियो । तर, यस अघिका सरकारले विदा दिने भनेपनि विदा नदिएपछि अघिल्लो पुषपकमल दाहाल नेतृत्वको कडा आलोचना भएको थियो । तर, बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहको सम्मानमा उनको जन्मजयन्तिलाई राष्ट्रिय पर्वको रुपमा मान्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us