सेयर बजार सामान्य अंकले सुधार

Published on: Thu, Nov 30th, 2017 By Diwas Pokhrel

१४ मंसीर, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले सुधार भएको छ ।
उतार–चढावबीच बजार परिसूचक नेप्से डेढ अंकले सकारात्मक रहेर १५ सय ३७ कायम भएर थामियो ।

कारोबार भएकामध्ये बढीजसो समूह हरियो रहेसँगै नेप्से पनि सकारात्मक रहेको हो । होटल, बिमा, जलविद्युत्, लघवित्त, अन्य र वाणिज्य बैंक समूह सकारात्मक रहे ।

होटल समूह सबैभन्दा उच्च २५ अंकले उकालो लाग्यो । जलविद्युत् समूह २१ अंकले र बिमा समूह २० अंकले उकालो लाग्यो । विकास बैंक, उत्पादनमूलक र वित्त समूह ओरालो लागे ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us