म्यान्चेस्टर युनाइटेड पराजित

Published on: Mon, Dec 4th, 2017 By Sushil Dahal

१८ मंसीर,  काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, बुधबार राति सम्पन्न खेलमा बसेलसँग पराजित भएको छ। जोसे माउरिन्होको टोलीलाई समूह ‘ए’ को खेलमा बासेलले १–० ले पराजित ग‍र्न सफल भयो। घरेलु टोली बसेलकाका लागि ८९ मिनेटमा मिचेल लाङले निर्णायक गोल गरेका थिए। खेल समाप्त भएपछि म्यानचेस्टर प्रशिक्षक माउरिन्होले आफ्नो टोलीले पहिलो हाफमै ५–६ गोलको अग्रता लिइसक्नुपर्ने तर त्यो नभए पनि आफूलाई खेलाडीप्रति कुनै गुनासो नभएको प्रतिक्रिया दिएका थिए।

यही समूहमा रहेको सिएसकेए मस्कोले बेनिफिकालाई २–१ गोलले पराजित गरेको छ। यो नतिजापछि समूहमा उपविजेता भएर मस्को र बसेलमध्ये कुन जाने त्यो ५ डिसेम्बरमा हुने अन्तिम खेलले बताउनेछ। दुवैको समान ९ अंक छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us