इब्राहिमोभिचको गोल रेकर्ड पछ्याउँदै काभानी

Published on: Tue, Dec 5th, 2017 By Sushil Dahal

१९ मंसिर, काठमाडौं । फ्रेन्च क्लब पिएसजीको सर्वाधिक गोलकर्ताको सूचीमा जाल्टन इब्राहिमोभिचको नाम शीर्ष स्थानमा छ। १५६ गोल गरेका इब्राहिमोभिचको यो रेकर्डलाई तोड्न पिएसजीका उरुग्वेली स्ट्राइकर, इडिसन काभानीले अब मात्र ४ गोल गनुपर्ने हुन्छ। काभानीले बताए अनुसार पनि त्यो उनका लागि एउटा सुखद क्षण हुनेछ। तर उनले आफ्नो ध्यान रेकर्ड तोड्न भन्दा पनि टिम वर्कमा रहेको बताएका छन्।

काभानीले यो सिजनमा पिएसजीका लागि २३ गोल गरिसकेको छन्। त्यस्तै पिएसजीको आगामी खेल च्याम्पियन्स लिग अन्तर्गत जर्मन क्लब वार्यन म्युनिखसँग हुँदैछ। काभानीले बताए अनुसार, यस खेलमा पनि उनी आफ्नो सफलता भन्दा समग्र टिमको सफलता चाहन्छन्। च्याम्पियन्स लिग अन्तर्गत समूह ‘बी’मा रहेको पिएसजी १५ अंकका साथ समूहको शीर्ष स्थानमा छ। त्यस्तै फ्रेन्च लिगमा पनि ४१ अंकका साथ शीर्ष स्थानमा नै रहेको छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us