नेयमारमाथि अनुशासनहिनको आरोप

Published on: Tue, Dec 5th, 2017 By Sushil Dahal

१९ मंसिर, काठमाडौं । विश्वको सर्वाधिक महङ्गो रकममा पिएसजीसँग आवद्ध भएका ब्राजिलियन स्टार नेयमारमाथि अनुशासनहिनको आरोप लागेको छ। पिएसजीसँग लिगका १२ खेलमा ९ गोल गरिसकेका नेयमार जति राम्रो उनको गोल गर्ने आँकडा छ , त्यति नै अनुशासनको कमि देखिएको अन्तर्राष्ट्रिय खेल बिष्लेशहरूले बताएका छन्। पिएसजीसँग १२ खेलमै ५ वटा पहेलो कार्डको सामना गरेका उनले १ पटक रातो कार्ड पनि पाएका छन्। यस आँकडाले उनमा अनुशासनको कमि भएको देखाउँछ।

अघिल्लो खेलमा फ्रान्सको शीर्ष लिगमा नवप्रवेशी क्लब स्ट्रासबर्गसँग पिएसजीले सिजनको पहिलो हार बेहोर्दा पनि नेयमारले पहेलो कार्ड पाएका थिए। खेलको इन्जुरी समयमा डिमिट्री लियनार्डलाई कडा ट्याकल गरेका नेयमारलाई पहेलो कार्ड पाएका हुन्। नेयमारले अधिकांश पहेलो कार्ड खेलाडी र रेफ्रीसँग बहस गर्दा पाएका छन् । मार्सेलसँग पनि उनि रेफ्रीसँग भनाभन गर्ने क्रममा रातो कार्ड पाएका थिए। त्यसै कार्डका कारण निससँगको खेल गुमाएका छन्।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us