भारतबाट बढेर आयो इन्धनको मूल्य

Published on: Tue, Dec 5th, 2017 By Sushil Dahal

१९ मंसिर, काठमाडौं । भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि यसको कारोबारबापत सरकारको घाटा चुलिएको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको छ । भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको निगमका कार्यवाहक कार्यकारी निर्देशक शुसिल भट्टराइले बताए । यो घाटा मासिक हिसाव गर्दा एक अर्ब ६ करोड रुपैयाँ पुग्छ । यसअघिको मूल्यसूचीअनुसार निगमको पाक्षिक घाटा करीव ५५ करोड रुपैयाँ थियो ।

प्रतिलिटर डिजेलमा ५ रुपैयाँ २५ पैसा र पेट्रोलमा यस्तो घाटा १४ पैसा छ । यसअघि निगमलाई प्रतिलिटर डिजेलमा ३ रुपैयाँ ९८ पैसा घाटा थियो । पेट्रोलको प्रतिलिटर यस्तो घाटा भने साविककै दरमा छ । हवाई इन्धन र मट्टीतेलमा भने निगमलाई नाफा छ । पछिल्लो मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर मट्टीतेलमा ११ रुपैयाँ, हवाई इन्धन (बाहृय) मा १० रुपैयाँ १३ पैसा र हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ ४९ पैसा नाफा छ । यसअघि निगमलाई प्रतिलिटर मट्टीतेलमा १५ रुपैयाँ, हवाई इन्धन -बाहृय) मा १८ रुपैयाँ ३१ पैसा र हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ नाफा थियो । तर, हवाई इन्धन र मट्टीतेल दुवै इन्धनको माग कम हुने भएकाले त्यसले नाफा -नोक्सानमा त्यति धेरै अन्तर नहुने निगम बताउँछ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us