स्वारेजले भने- नेयमार रियल जाने सम्भावना छैन

Published on: Tue, Dec 5th, 2017 By Sushil Dahal

१९ मंसिर, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले आफ्ना पूर्व सहकर्मी तथा पिएसजीका स्टार नेयमार रियल म्याड्रिडमा नजाने दाबी गरेका छन्। नेयमार भविश्यमा पनि रियल म्याड्रिड जान नसक्ने दाबी उनले गरेका हुन्। ब्राजिलियन सुपर स्टार नेयमार यहि सिजन विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका थिए। तर, क्लबमा उनको सम्बन्ध चिसिएको भन्दै उनले पिएसजी चाँडै छाड्ने अनुमान गरिएको थियो।  कम्तीमा अहिले मैले त्यो सम्भावना देखेको छैन । बार्सिलोना प्रति उनले देखाउने इज्जत र पूर्व सहकर्मीहरुका कारण पनि उनी रियल जाने मैले कल्पना गरेको छैन ।’

स्वारेजले नेयमारका लागि क्लब छोड्ने निर्णय कठिन हुने बताएका छन्। नेयमारप्रति सम्मान दर्शाउँदै उनले आफ्नो परिवारको साथ लिएर उनले नयाँ चुनौतिलाई लिने निर्णय गरेका छन्। उनले बार्सिलोनाका लागि धेरै गरेका छन्, हामी त्यसलाई स्मरण गरिरहने बताए।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us