मौन अवधिमा ३ लाख रुपैयाँसहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ

Published on: Wed, Dec 6th, 2017 By Sushil Dahal

२० मंसिर, वीरगञ्ज । निर्वाचनको मौन अवधिमा पर्साकोे पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् । निर्वाचनलाई लक्षित गर्दै गरिएको चेकजाँचको क्रममा पोखरियामा रहेको एक पेट्रोल पम्प नजिकैबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार नमुना मतपत्र र नगद ३ लाखसहित उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय, पोखरीयाले जनाएको छ ।

स्रोतका अनुसार पक्राउ पर्नेहरुमा अशोक रौनियार, फुलकौलका बासुप्रसाद र बृजेश पटेल रहेका छन् । प्रहरीले भने उनीहरुको परिचय खुलाउन चाहेको छैन ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us