आजको निर्बाचनमा सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा, दोस्रोमा काठमाडौं | newsnepali.com

आजको निर्बाचनमा सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा, दोस्रोमा काठमाडौं

Published on: Thu, Dec 7th, 2017 By Diwas Pokhrel

२१ मंसीर, काठमाडौं । आज भइरहेको निर्वाचनमा सबैभन्दा बढी मतदान केन्द्र मोरङमा निर्धारण गरिएको छ ।
निर्वाचन आयोगका अनुसार मोरङमा ७ सय ५८ मतदान केन्द्र रहेका छन् । २ सय ५१ देखि ८ सय मतदाता रहेका मतदान केन्द्र ३ वटा र ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र १ सय ५७ रहेका छन् ।

दोस्रो बढी मतदान केन्द्र काठमाडौंमा रहेका छन् । काठमाडौंमा ७३१ मतदान केन्द्र रहेका छन् ।

२ सय ५१ देखि ५ सयसम्म मतदाता रहेका ३ मतदान केन्द्र र ७ सय ५० सम्म मतदाता रहेका १ सय ९३ मतदान केन्द्र रहेका छन् ।

त्यस्तै ७ सयदेखि १ हजार ६४ सम्म मतदाता रहेका ५ सय ३५ मतदान केन्द्र रहेका छन् ।

यसैगरी प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सबैभन्दा बढी मतदाता मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को बिराटनगर महानगरपालिका–३ को पुशेट क्याम्पस मतदान केन्द्रमा रहेका छन् ।

यो केन्द्रबाट १० हजार ३३८ जनाले मताधिकारका प्रयोग गर्ने छन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us