मेरो जीतसँगै मधेश मुद्दाले वैधानिकता पायो, माग पूरा गराई छाड्छौं–यादव

Published on: Sat, Dec 9th, 2017 By Diwas Pokhrel

२३ मंसीर, सप्तरी  । संघीय समाजवादीफोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जीतपछि पहिलो प्रतिक्रियादिँदै भनेका छन्,–जन्मभूमिले मलाई माया गरेर विजयीबनाएको छ, यसप्रति म ऋणी छु, जन्मभूमिप्रतिको रिन तिर्नलाई पनि सप्तरीलाई म समृद्ध जिल्ला बनाउँछु ।

शनिबार प्रतिनिधि सभा सदस्यपदमानिर्वाचितभएसँगै यादवले आफ्नो जीतले मधेशका मुद्दाहरुले वैधानिकतापाएको भन्दै बाकीमागहरुलाई पूरा गराउने प्रतिबद्धता जाहेर गरेका छन् । ‘मेरो जीतसँगै मधेशका मुद्दाहरुले वैधानिकतापाएका छन्, ती मागहरुलाई पूरा गराउने जिम्मेबारी मेरो हो’–यादवले भने ।

वाम गठबन्धन र माओवादी केन्द्रका साझाउम्मेदबार उमेश यादव र स्वतन्त्रउम्मेदबार जयप्रकाश ठाकुरलाईयादवले भारी मतले पराजितगर्न सफलभएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं. २, बाट प्रतिनिधि सभाकाउम्मेदवार यादवले दशहजार एकचालिस मतको भारी अन्तरले वाम गठबन्धनका उम्मेदबार र स्वतन्त्रलाई पराजित गरेकाहुन् ।

फोरम नेपालकाअध्यक्षयादवले २१ हजार छ सय २० मतपाएका छन् । वामकाउमेश यादवले एघार हजार पाँच सय उनानस्सी र ठाकुरले नौ हजार चार सय उनान्साठी मतल्याएका छन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us