एथ्लेटिको मड्रिड फर्किए डिएगो कोस्टा

Published on: Mon, Jan 1st, 2018 By Sushil Dahal

१७ पुस, काठमाडौं । स्पेनीस स्ट्राइकर डिएगो कोस्टा अाफ्नाे पुरानो क्लब एथ्लेटिको मड्रिड फर्किएका छन्। ट्रान्सफर विण्डो खुलेसँगै कोस्टा इङ्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब एथ्लेटिको मड्रिड फर्किएका हुन्। एथ्लेटिको मड्रिडले आइतबार राति औपचारिक रुपमा कोस्टा क्लबमा आएको घोषणा गरेको हाे। एथ्लेटिको मड्रिड आएको  औपचारिक घोषणापछि कोस्टाले  यसका लागि लामो समय पर्खिनुपरेकाे तर अाफूले कडा मेहेनत गरिरहेकाेले टोलीलाई सहयोग गर्न र गोल गर्न तयार रहेकाे बताएका छन्।

गत सेप्टेम्बरमै एथ्लेटिको मड्रिड फर्कन तयार भएका कोस्टा, ट्रान्सफर विण्डोकाे प्रतिबन्धका कारण चेल्सीमै बसेका थिए।एथ्लेटिको मड्रिडमाथि लागेकाे ट्रान्सफर विण्डोको प्रतिबन्ध खुलेसँगै क्लबले कोस्टालाई  भित्र्याएकाे हो। कोस्टाले किङ्स कप खेल्दै एथ्लेटिकोबाट सिजनको सुरुवात गर्ने बताइएको छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us