कर छुटको मागदाबी अस्वीकार

Published on: Tue, Jan 2nd, 2018 By Diwas Pokhrel

१८ पुस, काठमाडौँ । सर्वोच्च अदालतले पोखरास्थित फूलबारी रिसोर्टले रुग्ण उद्योग घोषित गरी आयकर छुटका लागि गरेको मागलाई अस्वीकार गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले रुग्ण उद्योगको मापदण्ड तय गर्ने अधिकारक्षेत्र सरकारको भएको भन्दै कर छुटको मागदाबी अस्वीकार गरेको हो ।
कर छुटका लागि मन्त्रिपरिषद्को समेत एजेन्डा बनिरहेका बेला सर्वोच्चले यस्तो आदेश दिएको हो । रिसोर्टका तर्फबाट दायर रिट खारेज भएसँगै अब आयकर तथा रोयल्टीको साँवा तथा हर्जाना समेत भुक्तान गर्नुपर्नेछ । झन्डै तीन अर्ब रुपियाँ रिसोर्टले तिर्न बाँकी छ । रिसोर्ट र नेपाल रिक्रिएसन सेन्टरबीच सुरु भएको विवाद करिब ६ वर्षपछि अदालतले टुङ्ग्याएको हो, गोरखापत्रमा खबर छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us