पाकिस्तानले अमेरिकालाई धोका दियो : ट्रम्प

Published on: Tue, Jan 2nd, 2018 By Diwas Pokhrel

१८ पुस, काठमाडौं । – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आफ्नो देशलाई धोका दिएको आरोप लगाउनुभएको छ । पछिल्लो १५ वर्षमा पाकिस्तानलाई अर्बौं डलरको सहायता दिएको तर उसले अमेरिकालाई धोका दिएका ट्रम्पले ट्वीट मार्फत आरोप लगाउनुभएको हो ।
पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय रहेको ट्रम्पको भनाई छ । पछिल्लो १५ वर्षमा अमेरिकाले ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता दिएको तर पाकिस्तानले त्यसको बदलामा धोका, झुठ र छल बाहेक केही नदिएको ट्रम्पले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us