मापदन्ड पूरा नगरी सन्चालनमा आएका उद्योग बन्द गरिने

Published on: Fri, Jan 5th, 2018 By Diwas Pokhrel

२१ पुस, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदन्ड पूरा नगरी सन्चालनमा आएका उद्योगलाई बन्द गर्ने भएको छ ।
शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर चिह्न (एनएस) नलिए कारबाही प्रक्रिया अघि बढाइने बताएका हुन् ।

गुणस्तर पूरा नभएको सिलिन्डर तथा उद्योगले दुर्घटनाको जोखिम बढाएको उनको भनाइ छ ।

गुणस्तरहीन र लापारबाहीपूर्ण तरिकाले सन्चालनमा आएका उद्योगका कारण उपभोक्ताको ज्यान एवं भौतिक संरचना उच्च जोखिममा रहेको उनको दाबी छ ।

जोखिम न्यूनीकरणका लागि बाध्य भएर एनएस मापदन्ड ल्याउनुपरेको विभागका महानिर्देशक पुडासैनीले बताए ।

मूल्यवृद्धिको निर्णय फिर्ता हुँदैन
कार्यक्रममा नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिको निर्णय फिर्ता नहुने बताए । निगम मासिक २६ करोड रुपैयाँको घाटामा रहेको छ ।

स्वचालित मूल्य प्रणाली लागू भएपनि अझैपनि ग्यासमा प्रतिसिलिन्डर २४० रुपैयाँ बराबरको घाटा रहेको निगमका प्रवक्ता बरालको भनाइ छ ।

सरकारले निगमको उक्त घाटालाई सम्बोधन गरेमात्र मूल्यवृद्धि फिर्ता हुने प्रवक्ता बरालले जानकारी दिए ।

यस्तै, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्यास उद्योगहरु एनएस चिह्न लिन तयार रहेको बताए ।

गुणस्तर चिह्न लिँदा बढ्न आउने अतिरिक्त खर्चमा भने सरकारी पक्षको ध्यान नगएको उनले गुनासो गरे ।

सरकारले बढ्न जाने खर्चलाई सन्तुलनमा राख्न ५ प्रतिशतको कमिसन दिनुपर्ने ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको भनाइ छ ।

कमिसनको माग सम्बोधन नभए देशव्यापीरुपमा आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us