सलाह बने अफ्रिकन फुटबलर अफ दि इयर’

Published on: Fri, Jan 5th, 2018 By Diwas Pokhrel

२१ पुस, काठमाडौं । लिभरपुलका फवार्ड मोहम्मद सलाह ‘अफ्रिकन फुटबलर अफ दि इयर’ घोषित भएका छन् ।

२५ वर्षीय सालहले यो सिवन प्रिमियर लिगमा १७ गोल गरेका छन् । साथै इजिप्टलाई विश्वकपमा पुर्‍याए ।

वर्ष खेलाडी बन्ने क्रममा सलाहले लिभरपुलका टिममेट सडिओ मानेलाई पछि पारे । बोरुसिया डर्टमुण्डका स्ट्राइकर पियर एमरिक अबामेयाङ भने तेस्रो स्थानमा रहे ।

घानाको राजधानी अक्करामा भएको समारोहमा सलाह र माने दुबै सहभागी भएका थिए ।

सलाहले गत ढिसेम्बरमा बीबीसी अफ्रिकन फुटबलर अफ दि इयरको अवार्ड पनि जितेका थिए ।

२०१७ को सुरुवातमा उनी इजिप्टमा चर्चामा रहे, जब अफिक कप अफ नेशन्समा उनको टिम उपविजेता बन्यो । साथै उनकै गोलको मदतमा इजिप्टले १९९० पछि पहिलो पटक विश्वकपमा स्थान बनाएपछि उनी देशवासीमाझ ‘हिरो’ बने ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us