एनआईसी एशिया क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष निष्कासन गर्ने

Published on: Sat, Jan 6th, 2018 By Diwas Pokhrel

२३ पुस, काठमाडौं । एनआईसी एशिया बैङ्क लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष निष्कासन गर्ने भएको छ । कम्पनीले माघ २ गतेदेखि सर्वसाधारणमा इकाई विक्री गर्न लागेको हो ।

७ वर्षे बन्दमुखी योजना रहेको एनआईसी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डले पुस ११ गते निष्कासनको अनुमति दिएको थियो ।

एनआईसी एशिया ग्रोथ फण्डले रू. १ अर्ब बराबरको रू. १० अङ्कित मूल्य दरका १० करोड ईकाइ सर्वसाधारणमा विक्री गर्न लागेको हो । मागभन्दा बढी आवेदन परेको खण्डमा यो योजनको आकार १ अर्ब पच्चीस करोड रुपैयाँसम्म पुर्‍याउन सकिने कम्पनीले बताएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us