सातामा सुनको भाउमा ३०० ले वृद्धि

Published on: Sat, Jan 6th, 2018 By Diwas Pokhrel

२३ पुस, काठमाडौं ।  गएको साता सुनको भाउमा वृद्धि  भएको छ । आइतबार तोलाको ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर शुक्रबार तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।

सोमबारदेखि मंगलबारसम्म स्थीर रहेको सुनको भाउमा बुधबार तोलामा १०० रुपैयाँले वृद्धि भएको थियो ।

बिहीबार ओरालो लागेको सुनको मूल्यमा शुक्रबारसम्म आइपुग्दा तोलामा ४०० ले वृद्धि आयो ।

चाँदीको भाउ भने साताको पहिलो दिनदेखि अन्तिम दिनसम्म स्थीर रहेको महासंघले जनाएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us