आर्सनल र चेल्सीबीचको खेल बराबरी

Published on: Thu, Jan 11th, 2018 By Diwas Pokhrel

२७ पुस, काठमाडौं । इंग्लिस फुटबलका दुई चीर प्रतिद्वन्द्वीहरु चेल्सी र आर्सनलले लिग कप फुटबलमा बराबरी खेलेका छन् । बुधबार राति चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर खेरफालेका थिए ।
‘काराबाओ’ कपसमेत भनिने लिग कपअन्तर्गत् सेमिफाइनल पहिलो लेगको खेलमा दुई लन्डन क्लबहरु गोलरहित बराबरीमा रोकिएका हुन् । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखमा आर्सनलको मैदानमा हुनेछ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us