पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री देउवालगायत उच्च पदस्थ अधिकारीद्वारा माल्यार्पण

Published on: Thu, Jan 11th, 2018 By Diwas Pokhrel

२७ पुस, काठमाडौं –सरकारले १३ वर्षपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा औपचारिक कार्यक्रम आयोजना गरेको छ ।
पृथ्वीनारायण शाहको २ सय ९६ औं  जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको सरकारले पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापणलगायत कार्यक्रम आयोजना गरेको हो ।

सिंहदरबार बाहिरपट्टि रहेको पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च पदस्थ अधिकारीले माल्यार्पण गर्नुभएको छ ।

२०६२/०६३ सालको आन्दोलनपछि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा कटौती गरी सरकारले औपचारिक कार्यक्रम पनि गर्न छाडेको थियो ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणका नायकका रुपमा नेपालीले सम्मान गर्ने गर्छन । उहाँले त्यसबेला बाइसे, चौबिसेलगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो ।

यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us