प्रदेश राजधानी माग्दै धनकुटा फेरि बन्द

Published on: Thu, Jan 11th, 2018 By Diwas Pokhrel

२७ पुस, धरान, धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै धनकुटावासीले बिहीबार पुनः जिल्ला बन्द आह्वान गरेका छन् ।
एक सातासम्मको आमहडताल गत सोमबार स्थगित गरेर शान्तिपूर्ण कार्यक्रम सन्चालन गर्दै आएका धनकुटावासीले बिहीबार जिल्ला बन्द आह्वान गरेका हुन् ।

सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको भन्दै धनकुटेलीले दबाब दिन बन्द आह्वान गरिएको बताएका छन् ।

बन्दका कारण कोसी राजमार्गसहित हिले–भोजपुर, बसन्तपुर–म्याङलुङ सडक पूर्णरुपमा ठप्प छन् । धनकुटाका सम्पूर्ण बजार पनि बन्द छन् ।

प्रदेश नम्बर–१ को राजधानी धनकुटामा नै बनाउनुपर्ने माग गर्दै एक महिनादेखि यहाँका सबै राजनीतिक दलले एकताबद्ध भएर दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।

सरकारले अस्थायी राजधानी धनकुटा नतोकेसम्म संघर्षका कार्यक्रम जारी रहने संघर्ष समितिका प्रवक्ता नगेन्द्र राईले जानकारी दिए ।स्रोत: ईमेज खवर

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us