कांग्रेस र माओवादीले अाज समानुपातिक सूची बुझाउने

Published on: Mon, Feb 12th, 2018 By Sushil Dahal

२९ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन हो । त्यसैले कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलहरु निर्वाचन आयोगमा सूची बुझाउनका लागि गृहकार्यमा जुटेका छन् । सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । ‘सूची बुझाउने आज अन्तिम दिन हो, क्लस्टर मिलेर आयो भने आइहाल्यो, मिलेर आएन भने फेरि सूची सच्याउन दलहरुलाई समय दिनुपर्ने हुन्छ,’ निर्वाचन आयोगका एक अधिकारीले  भने ।

नेकपा एमालेले भने आइतबारै सूची बुझाइसकेको छ । सांसदहरुको नामावली बुझाउन बाँकी दलहरु सोमबार बिहानैदेखि गृहकार्यमा व्यस्त छन् । नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्नेछ । यसैगरी माओवादीले १७, संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us