व्यवस्थापकीय कमजोरीकारण प्रोग्रेसिफ फाईनान्स ८० लाख रुपैयाँ नोक्सानीमा | newsnepali.com

व्यवस्थापकीय कमजोरीकारण प्रोग्रेसिफ फाईनान्स ८० लाख रुपैयाँ नोक्सानीमा

Published on: Mon, Feb 12th, 2018 By Diwas Pokhrel

२९ माघ, काठमाडौं । व्यवस्थापकीय कमजोरीकाकारण प्रोग्रेसिभ फाईनान्स लिमिटेड खुद नोक्सानीमा गएको छ ।

फाईनान्सका प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाईको व्यवस्थापकीय कमजोरीकाकारण फाईनान्स नोक्सानीमा गएको हो ।

गत आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ७८ लाख १३ हजार दुुई सय ९० रुपैयाँ खुद मुनाफा कमाएको फाईनान्सले चालुु आवको सोही अवधिमा ८० लाख २९ हजार आठ सय ७० रुपैयाँ खुद नोक्सानी बेहोरेको छ ।

खुुद नोक्सानी बढ्दा फाईनान्समा खराव कर्जाको अनुपात पनि बढेको छ । गत आवको पुस मसान्तमा एक दसमलव ५१ प्रतिसत कर्जा खराव देखिएको उक्त फाईनान्समा अहिले यस्तो कर्जाको अनुपात बढेर तीन दसमलव ७८ प्रतिसत पुुगेको छ ।

चुक्ता पुंजी जम्मा २१ करोड रुपैयाँ मात्र पुुगेको फाईनान्सले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ५० करोड ८५ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी ४८ करोड ६२ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

घरजग्गा क्षेत्रमा चार करोड ७३ लाख ६६ हजार रुपैैयाँ कर्जा प्रवाह गरेको फाईनान्सले सो अवधिमा एक करोड ४५ लाख ४१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

सो अवधिमा एक करोड ६८ लाख ८१ हजार रुपैयाँ प्रोभिजन गरेको फाईनान्सको प्रतिसेयर आम्दानी पनि शुन्य रहेको छ ।

गत आवको सोही अवधिमा भने फाईनान्सले ५३ करोड २६ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी ५७ करोड ८७ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा एक करोड २४ लाख ८६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाईनान्सको प्रोभिजन रकम ६३ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us