आयोगले परिणाम राष्ट्रपतिलाई बुझाए लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने | newsnepali.com

आयोगले परिणाम राष्ट्रपतिलाई बुझाए लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

Published on: Wed, Feb 14th, 2018 By Sushil Dahal

२ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई आजै बुझाउने भएपछि परिणाम राष्ट्रपतिलाई बुझाउनासाथ पद त्याग गर्ने योजना प्रधानमन्त्री देउवाको रहेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। शर्माका अनुसार प्रधान मन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरी पद त्यागको घोषणा गर्नेछन्। सरकार गठनका बेला गरेका प्रतिबद्धताअनुसार नयाँ संविधानमा तोकिएका तीन तहका निर्वाचन सम्पन्न भएको भन्दै शर्माले प्रधानमन्त्री यसैका बारेमा राष्ट्रका नाममा सम्बोधन गरी बिदा लिने बताए।

आयोगले आज समयमै राष्ट्रपतिकहाँ निर्वाचन परिणाम बुझाए मात्र  प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले समय यकिन नभएको शर्माले बताए। यता निर्वाचन आयोगले बुधबार नै प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार तोकिएको समय साँझ ५ बजेसम्म दलहरूबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूची बुझाएमा आज नै राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us