कोहलीको कप्तानीमा भारतले दक्षिण अफ्रिकामा इतिहास रच्यो

Published on: Wed, Feb 14th, 2018 By Sushil Dahal

२ फागुन, काठमाडौं । भारतले दक्षिण अफ्रिकासँगको एक दिवसीय क्रिकेट श्रृंखला जितेको छ। ६ एक दिवसीय श्रृङ्खला अन्तर्गत मंगलबार भएको पाँचौँ खेलमादक्षिण अफ्रिकालाई ७३ रनले हराउँदै भारतले श्रृङ्खलामाथि कब्जा गरेको हो। योसँगै भारतले दक्षिण अफ्रिकाको मैदानमा पहिलो पटक श्रृङ्खला जितेको हो। यो जितले भारतलाई आइसिसी एक दिवसीय विश्व वरियताको पहिलो नम्बरमा ल्याएको छ। शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका दोस्रोमा धकेलिएको छ।

यो सँगै विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोली टेस्ट तथा एक दिवसीय दुवै र्‍याङ्किङमा पहिलो नम्बरमा छ। कोहलीकै कप्तानमा भारतले दक्षिण अफ्रिकामाथि उसैले घरेलु मैदानमा शृंखला जितेको हो। मंगलबार हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। उसका लागि रोहित शर्माले सतकीय पारी खेले। १२६ बल खेलेका शर्माले ११ चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाएका थिए। यस्तै कप्तान कोहलीले ३६, शिखर धवनले ३४, श्रेयस आय्यरले ३० तथा भुवनेश्वर कुमारले नटआउट १९ रनको योगदान दिए।  दक्षिण अफ्रिकाका लिंगी एनगिडीले चार  तथा कागिसो रबादाले १ विकेट लिएका थिए।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us