चट्याङ लागेर बैतडीमा २२ सैनिक घाइते, पाँचको अवस्था गम्भीर | newsnepali.com

चट्याङ लागेर बैतडीमा २२ सैनिक घाइते, पाँचको अवस्था गम्भीर

Published on: Wed, Feb 14th, 2018 By Sushil Dahal

२ फागुन, डडेल्धुरा । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । मंगलबार साँझ ७ः५० बजे परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती सेनानी सुदीप बानियाले जानकारी दिए ।

तालिममा रहेका सेनाका जवानहरु एक्कासि चट्याङ लागेर घाइते भएका हुन् । सेनानी बानियाको अनुसार गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । समान्य घाइते भएका १७ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us