टस जितेर क्यानडा विरुद्ध बलिङ गर्दै नेपाल | newsnepali.com

टस जितेर क्यानडा विरुद्ध बलिङ गर्दै नेपाल

Published on: Wed, Feb 14th, 2018 By Sushil Dahal

२ फागुन, काठमाडौं । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पालले क्यानडा विरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुने खेलमा क्यानडाले पहिले ब्याटिङ गर्नेछ। यस्तै आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र क्यनडा तथा युएई र नामिबियाको विजेताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

अन्तिम चरणमा आइपुग्दा क्यानडा, नेपाल र नामिबियाले समान ६ अंकसहित शीर्ष स्थानमा रहँदै छनोटको सम्भावनालाई बलियो बनाएका छन्। यस्तै युएईले पनि छनोट हुने आशालाई जिवितै राखेको छ। शीर्ष २ भित्र परेका टिम आउँदो सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुने प्रतियोगितामा छानिनेछन्।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us