नवराज सिलवालविरुद्ध महान्यायाधिवक्ता आफैंले मुद्दा दर्ता गर्दै

Published on: Wed, Feb 14th, 2018 By Sushil Dahal

२ फागुन, काठमाडौं । पूर्व डीआईजी तथा एमाले सांसद नवराज सिलवाल विरुद्ध सरकारी किर्तेमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले नमानेपछि महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैंले दर्ता गर्ने भएका छन् । सिलवालविरुद्ध आजै काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता गर्ने तयारी रहेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई सिलवाल विरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता भण्डारीले दबाव दिएका थिए ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us